ताप्लेजुङ – सीता एयरले काठमाडौ–ताप्लेजुङ–काठमाडौ उडान सुरु गरेको छ । सीता एयरले हप्तामा दुई दिन मंगलबार र शनिबार उडान गर्ने गरी पुस ८ गतेबाट उडान सुरु गरेको सीता एयरले जनाएको छ ।
सीताले काठमाडौ–ताप्लेजुङको भाडादर ७ हजार ४ सय ४५ रुपैयाँ रहेको जनाएको छ । सोहि दूरीको नेपाल एअरलाईन्सको भाडादर भने ७ हजार ३ सय रुपैयाँ रहेको नेपाल वायु सेवा निगमको ताप्लेजुङस्थित स्टेशनक कर्मचारी विकास राईले जानकारी दिए ।
सीताले भद्रपुर–सुकेटार–भद्रपुरको समेत उडान भर्दै आएको छ । यहाँको भाडादर भने करिब ४ हजार ६ रुपैयाँ रहेको छ । सीता एयरको उडानसहित अब सुकेटार बिमानस्थलमा नियमिततर्फ आईतबार र शुक्रबार बाहेक सातामा ५ दिन उडान हुने भएकाछन् ।
नेपाल एअरलाईन्सले सोमबार, बुधबार र शनिबार गरी सातामा ३ वटा नियमित उडानको तालिका बनाएको छ ।




प्रतिक्रिया