पत्नी सीतालाई लिएर सोमबार भारत जाँदै प्रचण्ड

पत्नी सीतालाई लिएर सोमबार भारत जाँदै प्रचण्ड


काठमाण्डु – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई लिएर भारत जाने भएका छन् ।

आइतबार पेरिसडाँडामा बसेको प्रचण्ड–माधव नेपाल समूहको बैठकमा उनले आफू पत्नीलाई लिएर सोमबार भारतको मुम्बई जाने जानकारी दिएका छन् ।

सीता एक किसिमको पार्किन्सन जस्तो देखिने रोगबाट पीडित छिन् । केही दिन अगाडि मेडीसिटी अस्पतालमा उपचार गराएर हाल घरमै आराम गरिरहेकी छिन् ।