सीता दाहालको पार्थिब शरिर पेरिसडाँडामा राखिने

सीता दाहालको पार्थिब शरिर पेरिसडाँडामा राखिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएको छ। आज विहान ८ बजेर ३३ मिनेटमा प्रधानमन्त्री पत्नी सीताको निधन भएको हो ।

नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बाँस्तोलाले स्वास्थ्य अवस्था गम्भीर बने पछि सीता दाहाललाई आज विहान अस्पताल ल्याइएको र उपचारको क्रममा उनको ८ बजेर ३३ मिनेटमा निधन हुन गएको थियो ।

प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव रमेश मल्लका अनुसार पत्नी दाहालको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने भएको छ । बिहान ११ बजे देखी १ बजेसम्म पेरिसडाँडामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेर २ बजे अन्तिम दाह संस्कारका पशुपतिनाथ लगिनेछ ।

उनी नेकपा माओवादी केन्द्रकी सल्लाहकारसमेत हुन् । सीताकाे निधनसँग प्रचण्डले परिवारका तीन सदस्य गुमाएका छन् । यसअघि क्यान्सरका कारण जेठी छाेरी ज्ञानु र एक मात्र छाेरा प्रकाशलाइ गुमाएका थिए ।