हरिद्वारमा प्रचण्ड पत्नी सीताको उपचार यसरी हुँदैछ, मातृका पनि सँगै ! (फोटोफिचर)

हरिद्वारमा प्रचण्ड पत्नी सीताको उपचार यसरी हुँदैछ, मातृका पनि सँगै ! (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल उपचारको लागि यतिवेला भारतमा छिन् । लामो समयदेखि अस्वस्थ रहेकी सीताको स्वास्थ्यमा सुधार आएको छैन् । उनको उपचारको लागि सिंगापुर, बैंकक र अमेरिकासमेत लगिएको थियो ।

सीताको अहिले भारतको हरिद्धारस्थित् पतञ्जली योगपिठमा उपचार गरिरहेको उनकी कान्छी छोरी गंगा दाहालले जानकारी गराएकी छिन् ।

उपचार गराएको फोटो सार्वजनिक गर्दै दाहालले लेखेकी छिन्,‘ममीको आयुर्वेदिक उपचारका लागि हरिद्वार स्थित पतन्जली योगपिठमा बाबा रामदेव अनि आचार्य बालकृष्णसँगै हामी ।’ सीता दाहालको साथमा निवर्तमान उद्योगमन्त्री मातृका प्रसाद यादव र उनकी पत्नीपनि सँगै छन ।