पत्नीको उपचारका लागि अध्यक्ष प्रचण्ड अमेरिका प्रस्थान

पत्नीको उपचारका लागि अध्यक्ष प्रचण्ड अमेरिका प्रस्थान


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार पत्नी सीताको उपचारका लागि आइतबार अमेरिका प्रस्थान गरेका छन्। पत्नी सीता दाहालको उपचारका लागि उनी त्यसतर्फ गएका हुन् ।

आइतबार त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अमेरिकामा भएका साथीहरुले पार्किन्सन्सको नयाँ प्रविधिबाट उपचार सुरु भएको जानकारी गराएको र श्रीमती सीता दाहालले पनि पटक पटक अमेरिकामा गएर उपचार गराइदिन जोड गरेपछि आफू जान लागेको बताए ।

सीताको उपचार यसअघि भारत र सिंगापुरमा हुँदै आएको थियो । स्वास्थ्यमा खासै सुधार नआएपछि प्रचण्ड परिवार अमेरिका प्रस्थान गरेको हो। प्रचण्ड र सीताका साथमा छोरीज्वाइँ गंगा र जीवन पनि अमेरिका हिँडेका छन्।

उनले पत्रकारहरुसँग कुरा गर्दै मुलुकमा अस्थीरता रअन्यौलताको वातावरण बनेकोमा चिन्ता पनि व्यक्त गरे। झण्डै दुई महिना पहिले नै पनि पत्नी सीताको उपचारका लागि अमेरिकाजान लागेका नेकपा अध्यक्ष प्रचण्डले भेनेजुएला प्रकरणमा अमेरिकाको तीव्र आलोचना गरेपछि अमेरिका जाने कार्यक्रम सार्दै आएका थिए ।भेनेजुएला प्रकरणपछि अमेरिकी राजदूत याण्डी डब्लु बेरीले उनलाई निवासमै भेटेर अमेरिका जान सहजीकरणसमेत गरेका थिए ।