राष्ट्रपतिलाई दबाब बढाउन नेकपा अध्यक्ष प्रचण्ड, खनाल र नेपाल शीतल निवासमा

राष्ट्रपतिलाई दबाब बढाउन नेकपा अध्यक्ष प्रचण्ड, खनाल र नेपाल शीतल निवासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

आइतबार बिहान अध्यक्ष प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल पछिल्लो समय नेकपाभित्रको विवादबारे छलफल गर्न राष्ट्रपति निवास पुगेको स्रोतले जानकारी दियो । प्रधानमन्त्री ओलीका कारण पार्टी फूटको संघारमा पुगेको भन्दै नेताहरुले राष्ट्रपतिलाई सम्झाइदिन आग्रह गर्ने स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र आफूलाई हटाउन नेकपाभित्र खेल सुरु भएको अभिव्यक्ति दिएपछि नेताहरु सोही विषयमा छलफल गर्न बालुवाटार पुगेका हुन् ।

राष्ट्रपति भण्डारीसँग बिहान ११ बजेबाट नेताहरु छलफलमा जुटेका छन् ।