१४९ सांसदको हस्ताक्षर बुझाएर बाहिरिए विपक्षी गठबन्धनका नेता

१४९ सांसदको हस्ताक्षर बुझाएर बाहिरिए विपक्षी गठबन्धनका नेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विपक्षी गठबन्धनका नेताहरुले १४९ जना सांसदको हस्ताक्षर बुझाएर बाहिरिएका छन् ।

नेपाली कांग्रेस, माअ‍ोवादी केन्द्र, जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्ष र नेकपा एमाले नेता माधव नेपाल समूहका केही सांसदसहित १४९ जना सांसदको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएर बाहिरिएका हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकारको गठनका लागि २१ घण्टाको समय दिएकी थिइन् ।

समय घर्किन लाग्दा नेकपा एमालेबाट केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका छन् ।