काठमाण्डु – गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरु शीतल निवास पुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय देशमा भइरेहको प्राकृतिक विपत्तीका घटनाबारे जानकारी लिन गृहमन्त्री, गृहसचिव, आईजीपी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई शीतल निवास बोलाएको स्रोतले जानकारी दियो ।
गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शीतल निवास पुगेका हुन् ।




प्रतिक्रिया