शीतल निवासमा माघीको शुभकामना आदान प्रदान (तस्वीरहरु)

शीतल निवासमा माघीको शुभकामना आदान प्रदान (तस्वीरहरु)

तस्वीर रासस

काठमाण्डु– माघी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शुभकामना आदान प्रदान कार्यक्रम राखेका छन् ।

मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख तथा मन्त्रीहरू लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको छ ।

शीतल निवासमा आज माघे सङ्क्रान्तिको अवसरमा खाइने घ्यु,चाकु, तरुलको भोजको समेत आयोजना गरिएको छ ।