काठमाण्डु – विभिन्न संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुले बुधबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ ग्रहण गरेका हुन् ।
आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सपथ गराएका हुन् । त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ खुवाएका छन् ।
विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।





प्रतिक्रिया