अझै सुरु भएन देउवाको सपथ, ओली अनुपस्थित

अझै सुरु भएन देउवाको सपथ, ओली अनुपस्थित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाको शपथ ग्रहणमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । पूर्वप्रधानमन्त्रीहरु लगायत नेताहरु शीतलनिवासमा पुगेपनि ओली अनुपस्थित भएका हुन् ।

स्रोतका अनुसार आफ्नो शपथ समारोहमा देउवासहित पूर्वप्रधानमन्त्रीहरु नगएको भन्दै ओली देउवाको सपथ समारोहमा नगएका हुन् । साँझ ६ बजेका लागि तय गरिएको सपथ कार्यक्रम अहिलेसम्म हुन सकेको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा नलेखी सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको लेखेपछि देउवाको सपथमा ढिलाई भएको हो । उनले जारी विज्ञप्ति नसच्चिएसम्म सपथ ग्रहण नगर्ने अडान लिएका छन् ।