काठमाण्डु – ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथु ललितपुर महानगरपालिकाको नगर प्रहरी बल प्रमुखमा नियुक्त भएका छन् ।
महानगरले हाछेथुलाई दमकल र नगर प्रहरी व्यवस्थित गर्ने जिम्मेवारी दिएको हो । उनले ७२ जनाको कमाण्ड सम्हाल्ने भएका छन् ।
हाछेथुले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगर प्रहरीको क्षमतालाई अझैं चुस्त बनाउन नियुक्त गरेको काठमाण्डुपाटीलाई बताए ।
उनको ट्राफिक प्रहरीमा लामो अनुभव रहेका कारणले महत्वपूर्ण जिम्मेवारी दिएको महानगरले जनाएको छ । हाछेथु ट्राफिक व्यवस्थापनमा अब्बल मानिएका एक पूर्वअधिकृत हुन् ।




प्रतिक्रिया