चितवनमा यस्तो बन्दैछ गौतमबुद्ध क्रिकेट रंगशाला


काठमाडौं – धुर्मुस–सुन्तली फाउडेसनले चितवनमा बनाउने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । क्रियटिभ डिजाइन आर्किटेक प्रा.लि.को नेतृत्वमा भारतीय र अमेरिकन कन्सल्टेन्सीको सहयोगमा डीपीआर तयार गरिएको हो ।

२० विगाहा ६ कठ्ठा जग्गामा बन्ने क्रिकेट रंगशाला नेपाली मौलिकता झल्कने गरी कमलको फूल आकारको हुनेछ । रंगशाला ३० हजार जना अट्ने क्षमताको हुनेछ ।पहिला २५ हजार दर्शक मात्र अट्ने बनाउने भनिएकोमा ५ हजार क्षमता थपेर डीपीआर तयार गरिएको हो ।

रंगशालामा दुई भीआईपी प्याराफिटसमेत रहनेछन् । ‘क्रिकेट स्टेडियमसँगै फुटबल मैदान, स्वीमिङ पुल र कभर्ड हल पनि निर्माण गरिने छ । ती सबै संरचनाको डीपीआर तयार भएको छ,’ फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले भने, ‘तर निर्माणको थालनी भने क्रिकेट स्टेडियमबाट हुनेछ ।’

तिहारलगत्तै संरचना निर्माणको काम सुरु गर्ने र दुई वर्ष्भित्र सम्पन्न गर्ने योजना फाउन्डेशनले बनाएको छ । कट्टेलले भने, ‘निर्माणमा जानुअघिका प्रारम्भिक चरणका कामहरु भैसकेका छन् । डीपीआर तयार भइसकेकाले अब कामले गति लिन्छ ।’

अनुमानित भन्दा कम २ अर्ब ५० करोडभित्र रंगशाला बनाउन सकिने अवस्था देखिएको छ । यसमा पर्याप्त पार्किङ सुविधा हुनेछ । फुटबल मैदान, स्वीमिङ पुल, कभर्ड हल, इन्डोर प्रशिक्षण गर्न मिल्ने व्यवस्था सबै हुनेछ ।

यस किक्रेट मैदानको लागी पण्डित दीनवन्धु पोखरेलले निःशुल्क रुपमा महायज्ञ लगाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement