सेनामा कार्यरत सकलदर्जाका लागि सैनिक आचारसंहिता कार्यक्रम सुरु

सेनामा कार्यरत सकलदर्जाका लागि सैनिक आचारसंहिता कार्यक्रम सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले सैनिक आचार संहिता कार्यक्रम शुभारम्भ गरेकाे छ ।

नेपाली सेनाको सङ्गठनमा रहेका सम्पूर्ण जनशक्तिलाई पदमा रहँदा तथा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने गतिविधि एवं सैनिक आचारणका बारेमा सु-सूचित गराउन आचारसंहिता कार्यक्रम सञ्चालन गरिएको हाे ।

सेनाको सकल दर्जालाई अनुशासित, नैतिकवान र जिम्मेवारीपूर्ण सिपाहीको पहिचान कायम राख्न एवं सैनिक आचारसंहिता सङ्ग्रहमा उल्लिखित विषय प्रशिक्षित तुल्याउने उद्देश्यले सेनाले दुई दिवसीय कार्यक्रम गरेको हो । सेनाले प्रत्येक वर्ष नववर्ष प्रारम्भसँगै यस्तो कार्यक्रम गर्दै आएको छ ।

बलाध्यक्ष रथी सीताराम खड्काले मंगलबार कार्यक्रमको शुभारम्भ गर्दै सेनाको सबै तहसम्म आचारसंहिताबारे ज्ञान अभिवृद्धि तथा सकल दर्जालाई अनुशासित र व्यावसायिक फौज निर्माण गर्नु कार्यक्रमको उद्देश्य रहेको बताए ।

प्रधानसेनापति प्रभुराम शर्माले बुधबार कार्यक्रम समापन गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।