नेकपा केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग गरी एमाले उम्मेदवारलाई समर्थन

नेकपा केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग गरी एमाले उम्मेदवारलाई समर्थन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य सिताराम गुरुङले ओखलढुंगामा नेकपा एमालेका उम्मेदवार अस्मिता थापालाई समर्थन जनाउँदै केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन् ।

नेकपाबाट ओखलढुंगाको उम्मेदवार बनाइएका अम्बिरबाबु गुरुङलाई सहयोग गर्न नसक्ने भन्दै उनले पार्टी छाडेको घोषणा गरेका हुन् ।

रुम्जाटार गाविसका पूर्वअध्यक्ष समेत रहेका गुरुङ अम्बिरबाबु समूहसँग कुरा नमिलेर नेकपामा प्रवेश गरेका थिए । नेकपा केन्द्रीय सदस्यको सपथ लिएर जिल्लाको जिम्मेवारीमा गएका गुरुङले अन्तिममा अम्बिरले नै एमाले छाडेर टिकट पाएपछि असहमति जनाएका हुन् । जुन प्रवृतिविरुद्ध लड्न नसकेर एमाले छाडे उसैले टिकट पाएपछि आफू नेकपामा बस्न नसकेको भनाइ छ ।

संकटको घडीमा ओखलढुंगा जिल्ला र मुलुकलाई अघि बढाउन एमाले आवश्यक रहेको भन्दै उनले एमालेमा समाहित भएर आजबाटै क्रियाशील भएको घोषणा समेत गरेका छन् । सितारामले एमाले उम्मेदवार अस्मिता थापालाई जिताउन आफू क्रियाशील हुने घोषणा वक्तव्यमा गरेका छन् ।

अम्बिरबाबु र सिताराम एकै वडाका हुन् । ओखलढुंगामा अम्बिरबाबु र जिबी खड्कको टीम एमाले छाडेपछि विगतमा एमाले छाडेका निष्क्रिय बसेको नेता–कार्यकर्ता भने पार्टीमा फर्केर चुनावी अभियानमा लाग्ने क्रम बढेको छ ।