काठमाण्डु – राष्ट्रियसभाको दोस्रो बैठक आज बस्दैछ । राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो बैठक यसअघि पुस १७ गते बसेको थियो ।
आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मधेशी आयोगको वार्षिक प्रतिवेदन, २०७६–७७’ पेस गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए ।
त्यस्तै राष्ट्रियसभाको विषयगत समितिका सदस्यहरुको पनि हेरफेर गर्ने कार्यक्रम रहेको छ । यसअघि बसेको बैठकमा सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको चर्को आलोचना गरेका थिए ।




प्रतिक्रिया