काठमाण्डु – देशकै एक अग्रणी सिमेन्ट उद्योग शिवम सिमेन्ट्स लि. ले मकवानपुर क्षेत्रका विभिन्न विद्यालयहरुका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
शिवम् सिमेन्ट्स लि.ले आफ्नो उद्योग संचालित क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग तथा खानी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । श्री त्रिभुवन माध्यमिक विद्यालय हटिया, कोलखोप प्राथमिक विद्यालय बकैया तथा रुपनारायण माध्यमिक विद्यालय बुढिचौरमा अध्ययनरत ५०० भन्दा बढि विद्यार्थीहरुको लागि स्वीटर तथा ट्याकसुट वितरण गरेको हो ।
“विगतका दिनहरुमा पनि हामीले उद्योग संचालित क्षेत्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री तथा शैक्षिक छात्रबृत्तीहरु वितरण गर्दै आहिरहेका थियौ यसै सिलशिलामा यसपटक हामीले चिसोको समयमा चिसोकै कारण विद्यार्थीहरु नियमित पठनपाठनमा प्रभावित हुन नपरोस भन्ने अभिप्रायले विद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरेका हौं” कम्पनीका प्रतिनिधी बताँउछन् ।
शिवम् सिमेन्ट्स लि. ले विगतका दिनहरुमा पनि आफ्नो सामाजिक उत्तरदायीत्व अन्र्तगत स्वास्थ्य सिविर, विपन्न परिवारको लागि खाद्यान्न वितरण, आइसोलेसन बेड निर्माणकोलागि आर्थिक सहयोग, उद्योग क्षेत्रका विभिन्न विद्यालयहरुमा छात्रवृत्ती, एम्बुलेन्स हस्तान्तरण, न्यानो कपडा वितरण, सडक निर्माण, बृक्षारोपण आदी जस्ता कार्यहरु गर्दै आईरहकेको छ ।




प्रतिक्रिया