पशुपतिनाथमा महाशिवरात्रि (तस्विरहरू)

पशुपतिनाथमा महाशिवरात्रि (तस्विरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फाल्गुन कृष्ण चतुर्दशीका अवसरमा देशभर महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।

यसदिन भगवान् शिवको पूजा, आराधना र व्रत बस्ने चलन रहेकाले देशभरका शिवालयहरूमा भक्तजनको ठूलो भीड लागेको छ ।

सबैभन्दा बढी भीड पशुपतिनाथ मन्दिर क्षेत्रमा देखिएको छ । बिहानैदेखि दर्शनार्थी, साधुसन्त र तीर्थयात्रीहरूको चहलपहल बढेको छ भने छिमेकी देश भारतबाट समेत हजारौँ भक्तजन यहाँ आएका छन् ।