६ अर्बको आईपीओ आउँदै

६ अर्बको आईपीओ आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चालू आर्थिक वर्ष पाँच अर्ब ७० करोड ५६ लाख ७० करोड ५६ लाख मूल्यको साधारण सेयर (आईपीओ) आउने भएको छ। २५ वटा कम्पनीले सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

आईपीओ निष्कासनको तयारीमा रहेकामध्ये १८ जलविद्युत्, पाँच माइक्रोफाइनान्स, एक इन्भेष्टमेन्ट कम्पनी र एक मर्चेन्ट बैंक छन् । यी कम्पनीले चालू आर्थिक वर्षमा पाँच करोड ७० लाख ५६ हजार कित्ता सेयर निष्कासन गर्न लागेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

बोर्डका अनुसार मध्य भोटेकोशी जलविद्युत कम्पनीले एक अर्ब ४४ कारोड मूल्य बराबरको एक करोड ४४ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ। सीईडीबी हाइड्रो फन्ट लगानी कम्पनीले २२ करोड ८९ लाख मूल्य बराबरको सेयर निष्कासन गर्नेछ। यो खबर आजको अन्नपूर्णपोष्टमा छ ।