चीन – फाइभजीको लागि ६ जीएचजेडको लाइसेन्स दिन जीएसएमएद्धारा सरकारलाई आग्रह गरेको छ । ६ जीएचजेड स्पेक्ट्रमको लाइसेन्स दिन नसकेमा फाइभ जीको ग्लोबल भविष्य जोखिममा हुने जीएसएमएले जनाएको छ ।
६ जीएचजेड ब्यान्ड सामाजिक समावेशीकरणका लागि कनेक्टिभिटी प्रदान गर्ने मोबाइल नेटवर्क अपरेटरहरूको लागि मात्र नभई स्मार्ट शहर, यातायात र कारखानाहरूको लागि डाटा गति र क्षमता पु¥याउन पनि आवश्यक रहेकाे छ । फाइभजी नेटवर्कलाई यसको पूर्ण क्षमता पुग्न मिड–ब्यान्ड स्पेक्ट्रमको टुजीएचजेड आवाश्यक पर्ने अनुमान समेत गरिएको छ ।
फाइभजीको पूर्णगति र क्षमता ६ जीएचजेड मिड–ब्यान्ड स्पेक्ट्रममा निर्भर गर्दछ । अझै सरकारहरू विचलित भइरहेका छन् चीनले फाइभजीको लागि ६ जीएचजेड ब्यान्डमा सम्पूर्ण १२ सय एमएचजेडको प्रयोग गर्नेछ । युरोपले ब्यान्डलाई विभाजित गरेको छ, माथिल्लो भाग फाइभजीको लागि राखियो तर नयाँ ५ सय एमएचजेड ट्रान्च वाइफाइको लागि उपलब्ध रहेकाे छ ।
अफ्रिका र मध्य पूर्वका केहि देशहरुले पनि यस्तै दृष्टिकोण अपनाइरहेका छन् । अर्को चरममा, अमेरिका र लाटिन अमेरिकाले घोषणा गरेको छ कि यो बहुमूल्य रिसोर्सहरु मध्ये कुनै पनि फाइभजीको लागि उपलब्ध हुने छैन, बरु वाइफाइ र अन्य लाइसेन्सविहीन टेक्नोलोजीहरुलाई प्रदान गरिने जनाएकाे छ ।
फाइभजीसँग विश्वको जीडीपी २.२ ट्रिलियन डलरले बढाउन सकिनेछ । जीएसमएका मुख्य नियामक अधिकारी जोन गियोस्टीले भने । यदि पर्याप्त ६ जीएचजेड स्पेक्ट्रम फाइभजीको लागि उपलब्ध छैन भने यस बृद्धिलाई जोखिम छ । यस महत्वपूर्ण पूर्वाधारमा व्यापक र दीर्घकालीन लगानीलाई प्रोत्साहित गर्न स्पष्टता र निश्चितता आवश्यक रहेकाे छ ।
फाइभजीले सबै उद्योग र क्षेत्रहरूको डिजिटल रूपान्तरणको गति बढाइरहेको छ जसले नयाँ इनोभेसनको बहावलाई पैदा गरी अरबौंलाई फाइदा पु¥याइरहेकाे छ । यो प्रविधि वातावरण र जलवायुका लक्ष्यहरूको लागि महत्वपूर्ण छ ।
जीएसएमएले यी कारणले सरकारलाई आह्वान गर्दछः
– कम्तिमा ६४२५–७१२५ एमएचजेड फाइभ जी लाईसेन्सको लागि उपलब्ध हुनपर्छ
– ब्याकहल सेवाहरू सुनिश्चित गर्नु पर्छ
– देशहरूको आवश्यकता, निर्बाध प्रयोग र फाइबर फुटप्रिन्टमा निर्भर रहँदै, ६ जीएचजेड रेन्जको तल्लो आधा भागको ५९२५–६४२५ एमएचजेड लाइसेन्स–छुट आधारमा टेक्नोलोजी तटस्थ नियमहरूको साथ खोल्न सकिन्छ ।
आज,जीएसएमएले एरिक्सन, ह्वावे, नोकिया र जेडटीईको साथ एक भनाइ सार्बजनिक गरेको छ जुन फाइभ जीको भविष्यको लागि ६ जेडटिइ ब्यान्डको महत्व बारे थप विवरण प्रदान गर्दछ ।




प्रतिक्रिया