चिसोमा छालालाई सुख्खा हुनबाट कसरी जोगाउने ?


 शर्मिला कठायत

काठमाडौं – चिसो मौसममा छालामा विभिन्न समस्या आउनुको साथै बाहिरी वातावरण सुख्खा हुने भएकाले यसको सिधा असर छालामा पर्छ । एउटा सिजनमा छाला एड्जस्ट हुन नपाउदै अर्को सिजन सुरु भैदिन्छ, जसले गर्दा छालालाई सिधा असर गर्छ । जब बाहिरी वातावरणको तापक्रम हाम्रो शरीरको भन्दा कम हुन्छ, तब हाम्रो शरिरको तापक्रम वातावरणले तान्न थाल्छ, जसले गर्दा हाम्रो शरिरबाट पानीको मात्रा कम भैरहेको हुन्छ र छाला सुख्खा हुन्छ ।

त्यसमाथि न्यानोको लागी भन्दै हामी एसी तथा हिटर चलाउने वा आगो बाल्दा त्यसले हावामा हुने पानी तथा अन्य तरल पदार्थको कणलाई हटाउने काम गर्छ । जसले गर्दा धेरै फुट्ने र सुख्खा हुने भागमा गाला, ओठ र हातगोडा ज्यादा फुट्ने गर्छ्न ।

सामान्यतः छाला ‘ड्राइ वा सुख्खा’, ‘नर्मल’, र ओइली गरि तिन प्रकारका हुन्छन्, जस मध्ये सुख्खा छालालाई पनि दुई भागमा बिभाजन गरिएको छ ।

१. वंशाणुगत सुख्खा छालाः

–यसमा कसैको छाला जन्मजात नै सुख्खा तथा कत्ला आउने हुन्छ, यो एक प्रकारको रोग हो । जस्तै विशेष गरेर एलर्जी हुने ब्यक्तीहरुमा दम, थाइराइडको बिरामी, हर्मोनको समस्या, भिटामिन झडिझर झइझको कमि भएमा छाला सुख्खा हुन्छ ।

२.एक्वार सुख्खा छालाः

–यसमा पछि आउने समस्या भन्ने बुझिन्छ
–साबुनको धेरै प्रयोगले छाला सुख्खा मात्र नभएर फुट्ने समस्या पनि बढ्रछ ।
–धेरै तातो पानीले नुहाउने
–ब्लड प्रेसरको, पिसाब धेरै जाने, बोसो घटाउने जस्ता औषधि सेवन गर्नेहरुमा छाला सुख्खा मात्र न भएर एलर्जी वा चिलाउने समस्या बढी हुन्छ र पछि गएर घाउनै हुन सक्छ ।

छालालाई जाडो मौसममा सुख्खा हुनबाट यसरी जोगाउन सकिन्छ : जाडो मौसममा केहि सावधानी अपनाउने हो भने हामिले छाला सुख्खा हुन बाट जोगाउन सकिन्छ ।

१.धेरै तातो पानीले सावरबाट सिधै ननुहाउने
२.खानपानमा विशेष गरि ध्यान दिनु पर्छ । हरियो सागसब्जीका साथै प्रशस्त पानी पिउने बानी बसाल्ने।
३.जाडोयाम सुरु भएसंगै शरिर ढाक्ने कपडा लगाउने
५.कडा खालको साबुनको प्रयोग नगर्ने ।
६.बाथरुममै तेल वा भ्यास्लिन वा मोइस्चराइजिङ लोसन लगाउने बानी गर्नु पर्छ, जसले गर्दा हाम्रो शरिरको हिट वा तापक्रमलाइ कन्ट्रोल गर्छ र छाला सुख्खा हुन पाउदैन ।
७.एक बाल्टिन मनतातो पानीमा दुइ चम्चा नुन राखेर नुहाउने जसले गर्दा नुनमा हुने सोडियम क्लोराइडले पानीको ताजापनलाइ जोगाउन सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement