जाडो याममा छालालाई जोगाउन के गर्ने ?


काठमाण्डु – मनसुन बाहिरिएसँगै जाडो बढ्न थालेको छ । जाडो याममा छाला सुख्खा हुने, फुस्रो हुने, हावा र चिसोको एलर्जी हुने, फुट्ने लगायत विभिन्न छालासम्बन्धी समस्या धेरै हुन्छ ।

त्यसैले छालालाई ठन्डीमा बढी स्याहार चाहिन्छ । राम्ररी ख्याल राख्ने हो भने चिसोमा छालालाई नरम र मुलायम राख्न सकिन्छ ।
आउनुस् छालालाई हेरचाह कसरी गर्ने ? चर्चा गरौं ।

१ पानी बढी पिउने । चिसो मौसममा हामीले पानी कम खाने गछौं । तर, सकेसम्म पानी धेरै पिउने नभए रसिलो फलफूल तथा झोलिलो खाना बढी खाने ।

२ बाहिर निस्कँदा हातमा ग्लोब्स, खुट्टामा मोजा, मुखमा माक्स तथा चस्माको प्रयोग गर्ने ।

३ सकेसम्म तातो पानीले ननुहाउने । किनभने धेरै तातो पानीले नुहाउँदा छाला खुम्चिने तथा फुस्रो हुन्छ । सके चिसो नभए मनतातो पानीले नुहाउनु राम्रो हुन्छ ।

४ चाया बढी पर्ने समस्या रहेका व्यक्तिले आफूलाई उपयुक्त हुने एन्टी ड्यान्ड्रफ स्याम्पुले हप्तामा कम्तिमा दुईपटक टाउको नुहाउने । नुहाउने क्रममा स्याम्फुले कपाल राम्रोसँग मसाज गरेर मात्रै पखाल्नु पर्छ ।

५ नुहाउने साबुनको छनौटमा ख्याल गर्ने । कडा खालको साबुनको सट्टा मोस्चराइजरयुक्त साबुनको प्रयोग गर्नु पर्छ ।

६ नुहाएपछि नरम कपडाले शरीर पुस्ने । तर धेरै सुख्खा हुने गरी वा छाला रगडिने गरी पुस्नु हुँदैन ।

७ जाडोमा छाला तुलनात्मक रुपमा बढी फुस्रो हुने भएकाले मोस्चराइजरयुक्त बडी लोशन लगाउने ।

प्रतिक्रिया दिनुहोस
Advertisement