नेपाली सेनालाई अमेरिकाले दिएका दुई वटा स्काई ट्रक काठमाडौं आइपुग्यो


काठमाडौं – नेपाली सेनालाई अमेरिकाले दिएको दुई वटा स्काई ट्रक काठमाडौं अवतरण भएको छ । अमेरिकाले नेपाली सेनालाई सहयता स्वरुप प्रदान गरेको दुई स्काई ट्रक आइतबार बिहान अवतरण गरेको हो ।

‘एम–२८’स्काई ट्रक विपद व्यवस्थापन,आपतकालीन उद्धार तथा राहत सामग्रीको ओसारपसारका लागि प्रयोग हुने नेपाली सेनाले जनाएको छ ।

दुईवटा स्काई ट्रकको मुल्य २ करोड १८ लाख ९८ हजार अमेरिकी डलर रहेको प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

अमेरिकाले वैदेशिक सैन्य सहायता कार्यक्रम अन्तर्गत आपतकालीन उद्धारमा सघाउन नेपाली सेनालाई जहाज उपलब्ध गराएको हो । एउटा स्काई ट्रकमा १८ जना यात्रु बोक्न मिल्छ भने २३ सय किलो क्षमताको सामाग्री बोक्न सक्छ ।

यसअघि अमेरिकाले ४ वटा ‘स्काई ट्रक दिने घोषणा गरेकोमा थप दुई जहाज २०२१ सम्म आइपुग्ने सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement