मानसिक र शारीरिक विकासका लागि अधिक निद्रा जरुरी


एजेन्सी – राम्रो स्वास्थ्यका लागि ठूलाका साथै किशोर किशोरीका लागि पनि राम्रो र पर्याप्त निद्रा लिनु आवश्यक छ । अमेरिकाको न्यूयोर्कस्थित रोचेस्टर युनिभर्सिटीमा भएको शोधमा यसको खुलासा भएको हो । शोधमा पत्ता लागेको छ कि १८ वर्षसम्मको उमेरमा किशोर किशोरीले पर्याप्त निद्रा लिनु आवश्यक छ । यो उमेरमा युवाको मानसिक तथा शारीरिक स्वास्थ्य राम्रो होस् भन्ने विषयमा अभिभावकले ध्यान दिनु आवश्यक छ ।

निद्रा विज्ञ डां नील स्ट्यानलीका अनुसार किशोरावस्थामा निद्रा धेरै आवश्यक छ । यसको सीधा सम्बन्ध मस्तिष्क, शारीरिक विकास तथा मानसिक स्वास्थ्यसँग हुन्छ । सुत्ने समय तय भयो भने पुरै जिवनमा यसको फाइदा मिल्छ ।

वैज्ञानिकका अनुसार किशोर पर्याप्त वा अधिक निद्र्रा लिन्छन भने उसको मानसिक तथा शारीरिक विकास राम्रो हुन्छ । यद्यपि धेरैजसो अभिभावकले आफ्नो बच्चाका लागि न सुत्ने समय तय गरेका छन् न सुत्ने समयमा इलेक्ट्रोनिक ग्याजेटको प्रयोगको विषयलाई लिएर कुनै नियमनै बनाएका छन् । फलस्वरुप बच्चा लामो अवधिसम्म जागानै बस्ने गरेका छन् । निद्र्रा पुरा भएन भने यसल शारीरिक र मानसिक विकासमा असर पार्छ ।

धेरै सुत्ने बच्चामा अधिक उर्जा

१६ प्रतिशत अभिभावकले बच्चाको सुत्ने समयको विषयलाई लिएर समय बनाएको शोधकर्ताले पाएका छन् । औसत भन्दा ६ मिनेट बढी सुत्ने बच्चमा अधिक उर्जा देखिएको छ । यस किसिमका बच्चामा तनाव तथा अवसादको समस्या पनि कम रहेको देखिएको छ ।

७ रात सम्म बच्चा र अभिभावकको निगरानी

वैज्ञानिकले १४ देखि १७ वर्षको उमेरका १९३ युवामा अध्ययन गरेका थिए । जसमा सात दिनसम्म अभिभावक तथा बच्चाको निगरानी गरिएको थियो । यसको ७४ प्रतिशत घटनामा अभिभावकले बच्चाको सुत्ने समयको तय नगरेको पाइयो । यसैगरी ४८ प्रतिशतले साझमा बच्चाले लिने क्याफिनका मात्रामा कुनै नियन्त्रण नगरेको पाइयो ।

प्रतिक्रिया दिनुहोस
Advertisement