काठमाण्डु- सरकारले विभिन्न ठाउँका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरुलाई होल्डिङ सेन्टर छोड्न आग्रह गरकेो छ ।
मंगलबार पाँच दिनको म्याद दिँदै होल्डिङ सेन्टर छोड्न सबै ठाउँका सुकुम्बासीहरुलाई सूचना दिएको बाग्मती सभ्यता एकीकृत विकास समितिका निर्देशक मचाकाजी महर्जनले जानकारी दिए ।
सुकुम्बासीलाई सुरूमा पुर्नस्थापना खर्च भनेर २५ हजारको नगद दिइने महर्जनको भनाइ छ । पहिचान गरी घर भाडा किस्ताबन्दीमा सुकुम्बासीको खातामा पठाउने उनले बताए ।
उनले भने, ‘होल्डिङ सेन्टर छोडेपछि प्रत्येक ५ जनाको परिवारलाई महिनामा १५ हजारको दरले पैसा बैंक खातामा पठाइन्छ। यदि ५ जना भन्दा बढीको परिवार भए प्रति व्यक्ति २ हजार थप गरेर पैसा पठाइने उनी बताउँछन्।
महर्जनले सुकुम्बासीलाई धेरै समय होल्डिङ सेन्टरमा राख्न उचित नहुने भन्दै उनीहरुको पुर्नस्थापनाका लागि उक्त निर्णय गरेको बताए ।




प्रतिक्रिया