स्मार्टको लाइसेन्स खारेजीबारे पाटन उच्च अदालतले दिएन अन्तरिम आदेश

स्मार्टको लाइसेन्स खारेजीबारे पाटन उच्च अदालतले दिएन अन्तरिम आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लाइसेन्स खारेज गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयविरुद्ध स्मार्ट टेलिकमले दायर गरेको रिटमा पाटन उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अन्तरिम आदेश दिने नदिनेबारे गरेको उत्प्रेषणको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई डाकेको छ ।

स्मार्ट टेलिकमका तर्फबाट रामनाथ वण्ठा थारुले रिट दायर गरेका हुन् । न्यायाधीश दीपेन्द्रबहादुर बमको इजलासले यसबारे थप छलफल गर्न वैशाख ८ गते दुवै पक्षलाई डाकेको छ ।