सात मेगा सिटी र १३ स्मार्ट सिटीलाई अगाडि बढाउदै सरकार


काठमाडौँ— सरकारले यसअघि घोषणा गरेको सात मेगा र १३ स्मार्ट सिटी निर्माणको कामलाई प्राथमिकता दिने भएको छ।

शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले अघिल्लो वर्ष घोषित मेगा सिटी, स्मार्ट सिटी निर्माण तथा शहरीकरणको मापदण्ड तयार गरेर आवश्यक प्रक्रिया अघि बढेको जानकारी दिए। राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफमा मन्त्री राईले भने, ‘आगामी आवभित्र कूल बजेटमध्ये ४।८ प्रतिशत मात्र नयाँ बजेट खर्च गर्छौँ, बाँकी पुरानै बजेट खर्च गर्ने लक्ष्यका साथ शहरीकरणका पुराना योजनालाई अघि बढाएका छौँ ।’

हिमालसँग जोडिएका पाँच प्रदेशमा पाँच शहर विकासको काम पनि प्रभावकारी रुपमा अघि बढाइएको छ ।

अघिल्लो सरकारले विनायोजना र मापदण्ड तयार नगरी मेगा र स्मार्ट सिटी निर्माणको घोषण गरेकाले अहिलेको सरकारले त्यस्ता शहरको मापदण्डसहितको व्यवस्थित कार्ययोजनाका साथ निर्माण प्रक्रिया अघि बढाएको मन्त्री राईको भनाइ थियो ।

तराई–मधेशका २० जिल्लाका सदरमुकाम व्यवस्थित गर्ने र मध्य–पहाडी लोकमार्गमा व्यवस्थित शहर निर्माणलाई क्रमशः अघि बढाइएको उनले जनाए।

प्रतिक्रिया दिनुहोस
Advertisement