काठमाण्डु – नेपाली ई–कमर्स् कम्पनी स्मार्ट डोकोले भर्खरै आईएमएस ग्रुपको लगानी पछि ४.५ अंक सहित नेपालमा उच्च मूल्याङ्कन ई–कमर्स्’ एप्को रूपमा मान्यता प्राप्त गर्न सफल भएको छ ।
स्मार्टडोको एक अनलाइन सपिङ्ग गन्तव्य हो । जसमा विभिन्न थरीका सामानहरु ग्राहकलाई बिना झन्झट एक क्लिकमै उपलब्ध गराइन्छ ।
स्मार्टडोकोले आफ्नो वेबसाइट र मोबाइल एप्लिकेसनलाई पुनः सुधार गरी दुई महिना अघि पुनः सुरू गरेको थियो । स्मार्टडोकोसँग अहिले १०,००० भन्दा बढि सामानहरू छ र यसले हरेक दिन आकर्षक बिक्रि र आश्चर्यजनक कारोबार गर्ने गर्दछ ।
ग्राहकहरुले पाउने थप सुविधाहरु यस्ता रहेका छन्:
– रिंगरोडभित्रनिःशुल्कडेलिभरी
– हरेक खरीदमारिवार्ड पोइन्ट
– भारी छुट र छुट कुपनहरू
– सजिलै रिटर्न गर्न सकिनेछ
– भुक्तानीविकल्प (नगद/कार्ड /सेलपे/ई–सेवा/मास्टरकार्ड)
‘सर्वप्रथम, छोटो समयको दौरानमा स्मार्ट डोकोलाई नेपालमा सबैभन्दा उच्च मूल्याङ्कन गरिएको ई–कमर्शका रुपमा स्थापित गर्न निरन्तर माया र साथ प्रदान गर्नुभएकोमा हामी हाम्रा ग्राहकहरु तथा शुभ चिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं,’ आई.एम.एस. ग्रुपका अध्यक्षतथा सि.ई.ओ. दिकेश मलहोत्राले भने ।
स्मार्टडोको रिलन्च सोचे जस्तो नभएता पनि हामीले उत्तम सेवादिने प्रयास गरेको उल्लेख गर्दै उनले प्ले–स्टोर र एप्–स्टोरमा उच्च रेटिङ्गई–कमर्स् एप्हुन सफल भएको बताए ।
‘हाम्रा लागि ग्राहक सन्तुष्टि अत्यन्त महत्वपूर्ण रहेकोे छ र हामीले हाम्रा ग्राहकहरुलाई सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रयत्न गरेका छौं । स्मार्टडोकोलाई सकारात्मक प्रतिक्रिया र उच्च मूल्याङ्कन गरिएकोमा हामी सही दिशातर्फ छौं भन्ने हामीलाई लाग्दछ तर हाम्रो गन्तव्य अझै टाढा छ,’ सि.ई.ओ. मलहोत्राले भने ।
उनले उत्कृष्ट सामान, मूल्य तथा कारोबार एवं उत्साह जनक अभियानमार्फत ग्राहकहरुको सन्तुष्टि प्रदान गर्न र अपेक्षा बढाउन आफ्ना प्रयासहरु केन्द्रित गर्ने बताए । सबैभन्दा महत्वूर्ण कुरा ग्राहकहरुलाई नेपालमा सबभन्दा बढी सुविधाजनक अनलाइन शपिंगको अनुभव दिन प्रयास गराउने उनको भनाई थियो ।




प्रतिक्रिया