काठमाण्डु – नेपालको नम्बर वान अनलाइन मेगास्टोर स्मार्ट डोकोले बुवाको मुख हेर्ने दिनमा ‘फादर्श डे अफर’ ल्याएको छ । हालै आइएमएस ग्रुपले प्राप्त गरेको यस इकमर्स कम्पनी इकमर्स एपमा नम्बर वान बन्न समेत सफल भइसकेको छ ।
ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक (५०० सम्म), साथै माछापच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक (५०० सम्म) र नेपाल इन्भेष्टमेन्ट बैंकका डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक (५०० सम्म) को छुट पाउनेछन् ।
स्मार्टडोकोले ग्राहक माझ दैनिक रुपमा आर्कषक अफर पनि ल्याएको छ । स्मार्टडोको अनलाइनबाट सामान खरिद गर्दा ग्राहकले हरेक दिन विभिन्न उपहार पाउने जनाएको छ ।
स्मार्टडोकाले बुबाको मुख हेर्ने दिनको अवसरमा बेस्ट डिल र डिस्काउन्टको अफर पनि ल्याएको छ । जस अन्तर्गत ग्राहकले गिफ्ट सेट, केक र स्वीट, घडीहरु, विभिन्न प्रकारका खाना, पर्फ्युम हेल्थ एण्ड फिटनेस प्रडक्टमा ६० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।
ग्राहकले आफ्नो मनपर्ने सामानहरु एन्ड्रोइड र आइओएस दुबैमा स्मार्टडोको एप डाउनलोड गरी वा अनलाइनमार्फत् पनि अर्डर गर्न सकिनेछ ।
स्मार्टडोकोसँग हाल १० हजारभन्दा बढी प्रडक्टहरु विभिन्न क्याटेगोरीमा उपलब्ध छन्, जस्मा ग्राहकले सजिलैसँग बेबी केयर, इलेक्ट्रोनिक्स, फू्रड एण्ड ग्रोसरिज, कोभिडका अत्यावश्यक सामग्री, हेल्थ एण्ड ब्यूटी, होम एण्ड लिभिङ तथा विभिन्न प्रकारका प्रडक्ट खरिद गर्न सक्नेछन् ।
स्मार्टडोकोको ग्राहकले काठमाण्डु उपत्यकाको रिङरोडभित्र न्यूनतम २५० रुपैयाँको सामान खरिद गर्दा निःशुल्क डेलिभरी समेत उपलब्ध गराएको छ । साथै रिङरोडबाहिरको हकमा न्यूनतम डेलिभरी शुल्कमा सेवा उपलब्ध गराएको छ । यस अफर भाद« १८ २०७८ देखि भाद« २२ २०७८ सम्म लागू हुनेछ ।




प्रतिक्रिया