काठमाण्डु – कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले ‘कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८’ सार्वजनिक गरेको छ ।
कार्यविधिमा जोखिम मूल्याङकन र लकडाउनको तह निर्धारणको ढाँचा, समुदायमा कोभिड–१९ संक्रमणको अवस्था निर्धारण गर्ने सूचकहरु, लकडाउनको प्रकृति अनुसार स्वास्थ्य मापदण्डको पालना गरी खुला गर्ने क्षेत्र तथा क्रियाकलापहरु निर्धारण गरिएका छन् ।
कार्यविधिमा कोभिड संक्रमणको अवस्था निर्धारण गर्दा एक सातामा नयाँ संक्रमितको संख्या, संक्रमितको वृद्धि प्रतिशत, संक्रमणको दर, अस्पतालहरुको व्यवस्थापन क्षमताको सूचकको रुपमा शय्या भरिएको संख्या र मृत्युदरलाई आधार बनाइएको छ । यस्तै लकडाउनलाई हार्ड, मिक्स, सफ्ट र मिनिमल गरी चार चरणको बनाइएको छ ।
स्मार्ट लकडाउनसम्बन्धी ‘कार्यविधि २०७८’:




प्रतिक्रिया