सेम्टेम्बर भित्र द्विपक्षीय समस्या सम्बोधनः प्रधानमन्त्री ओली

सेम्टेम्बर भित्र द्विपक्षीय समस्या सम्बोधनः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच रहेका सबै समस्यालाई आगामी सेप्टेम्बर १९ भित्र सम्बोधन गर्ने सहमति भारतसँग भएको बताएका छन् ।

समस्या समाधानका लागि छिट्टै दुवै देशका परराष्ट्रसचिवले कार्य प्रारम्भ गर्नेसमेत उनले बताए । ‘सबै समस्या समाधान गर्ने सहमति भएको छ, जुन दिन संविधान दिवस पर्छ अर्थात राष्ट्रिय दिवस ।

दुवै देशका परराष्ट्रसचिवले यसमा काम गर्नेछन’ शुक्रबार नेपाल–भारत द्विपक्षीय बैठक सम्पन्न भएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ओलीले भने । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीसँग द्विपक्षीय बैठकमा नेपाललाई आवश्यक थप चारवटा हवाई मार्गबारे छलफल भएको जानकारी दिए ।

उनले यी हवाईमार्ग थपिनेमा आफू आशावादी रहेको समेत बताए । ‘नेपाल र भारत दुबै स्वतन्त्र र अन्तरनिर्भर छन् । नेपाल र भारतबीच भएका सबै सन्धिसम्झौता कार्यान्वयनलाई प्रभावकारी रुपमा अघि बढाउने कुरामा हामी सहमत भएका छौं’ ओलीले भने ।
आजको नागरिक दैनिकमा खबर छ ।