मदिरा सेवन गरेका व्यक्तिले सर्प समातेर घाँटीमा बेरेपछि …

मदिरा सेवन गरेका व्यक्तिले सर्प समातेर घाँटीमा बेरेपछि …

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुरुङ्गा  – सर्प दंशका कारण झापामा एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–२ पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।

आइतबार राति घरको ढोकामा सर्प देखेपछि राजवंशीले सर्प समातेर घाँटीमा बेरेका र सोही क्रममा उनलाई सर्पले डसेको बताइएको छ ।

मदिरा सेवन गरेका राजवंशीले सर्प समातेका र सर्पलाई घाँटीमा बेरेपछि दुबै हातमा सर्पले डसेको थियो । सर्पको डसाईबाट सख्त भएका उनलाई राति नै चारआलीस्थित सर्प दंश उपचार केन्द्रमा लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।