काठमाडौंमा पानी पर्यो, लेकाली भेगमा हिमपात

काठमाडौंमा पानी पर्यो, लेकाली भेगमा हिमपात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा हल्का वर्षा भएको छ ।

पानी परेसँगै चिसो अझै बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र वर्षाको पनि सम्भावना छ ।

बिहीबार राति पनि केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । शुक्रबार र शनिबार पनि पानी पर्न सक्ने मौसमविद्हरुले बताएका छन् ।

उनकाअनुसार प्रदेश ७, प्रदेश ६ र प्रदेश ४ का केही भूभागमा बिहीबार हल्का वर्षा भएको छ ।

शुक्रबार पनि पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको हो । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । यसवर्ष मंसिरको अन्तिम साता पहिलोपटक हिमपात भएको थियो ।