उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना


काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ।

अहिले कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

राती भने कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।