काठमाडौंसहित देशभर चिसो बढ्यो, बाजुरामा हिमपात

काठमाडौंसहित देशभर चिसो बढ्यो, बाजुरामा हिमपात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – देशभर चिसो बढेको छ । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको हो । त्यस्तै बाजुराका उच्च हिमाली भेगमा हिमपात भएको छ ।

हिमाली भेगमा हिमपात शुरु भएसँगै जिल्लामा चिसो बढेको छ । हिमपात बिहीबार साँझदेखि शुरु भएको हो । हिमाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ ।

असोजपछि पहिलोपटक पानी पर्न थालेको हो । आकाशको पानीले खेती गर्नु पर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमीनमा हिउँदे खेती गरेका छैनन् । पानी पर्न थालेपछि किसानलाई केही आश थपिएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रशासन अधिकृत मीनप्रसाद जैशीले जानकारी दिए ।

किसान आकाशे पानी कुरिरहेका छन् तर उच्च हिमाली भेगमा परेको हिमपातसँगै चिसोले जनजीवन सामान्य भए पनि प्रभावित बनेको छ । बिहीबार साँझपखबाट एकाएक मौसम बदली भएको थियो ।

अहिले बिहानसम्म बाजुराको आकाशमा घामसमेत देखिएको छैन् । बडिमालिका, बूढीनन्दा, पोरखे, बढालेकलगायतका हिमालमा हिउँ पर्न शुरु भएको छ ।

यस्ताे छ तीन दिनकाे माैसमी अनुमान
मौसम विश्लेषण) Meteorological Analysis):

हाल नेपालमा पश्चिमि न्यून चापीय प्रणाली (Western Disturbance) को सामान्य प्रभाव रहेको छ ।

मौसमको अवस्था )Present Weather Status):

हाल देशको पश्चिमी भूभाग लगायत मध्य तथा पुर्वी पहाडी भू-भागमा आंसिक देखि सामान्य बदलि रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसीर १३ गते (शुक्रबार)

दिउँसो: देशको पश्चिमी र मध्य पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि रही पश्चिमी पहाडी भूभागका एक–दुइ स्थानमा हल्का बर्षा हुन सक्ने देखिन्छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।  मध्य तथा पश्चिमी हिमाली भुभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

राती: देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसीर १४ गते (शनिबार )
दिउँसो: देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसीर १५ गते (आइतबार )
दिउँसो: देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: देशको पहाडी भूभागमा आंसिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।