पर्यटनमन्त्री किरातीलाई पितृशोक

पर्यटनमन्त्री किरातीलाई पितृशोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । उनका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किरातीको सचिवालयले जनाएको छ ।

मन्त्री किरातीका बुवा लामो समयदेखि अस्वस्थ भइ उपचाररत रहेका थिए । उनले आफ्ना पिताप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । मन्त्री किरातीका बुवाको पार्थिव शरीर आजै पुख्र्यौली घर भोजपुरको ओख्रे गाउँ लैजाने तयारी भइरहेको उनको निजी सचिवालयले जनाएको छ ।