सेबोनका कर्मचारीहरूको आन्दोलन स्थगित, काममा फर्किए

सेबोनका कर्मचारीहरूको आन्दोलन स्थगित, काममा फर्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आन्दोलनरत नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरूको आन्दोलन स्थगित भएको छ ।

कर्मचारी र अर्थ मन्त्रालयबीच सहमति जुटेपछि करिब डेढ महिनादेखिको आन्दोलन स्थगित भएको हो ।

सहमतिसँगै उनिहरु आइतबारदेखिनै काममा फर्किएका छन् ।

अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री र कर्मचारीहरूबीच वार्ता भएको थियो । वार्तामा सेवा सुविधा कटौती नहुने व्यवस्थाका लागि सुझाव दिन एक अध्ययन समिति गठन गर्ने सहमति भएको छ ।

सेबोनका सञ्चालक विनोदकुमार भट्टराईको संयोजकत्वमा गठित अध्ययन समितिमा सञ्चालक आनन्दराज शर्मा वाग्ले र दुई जना सेबोनका कर्मचारी सदस्य रहेका छन् । उनीहरूलाई तीन दिनभित्र सुझावसहितको प्रतिवेदन बुझाउन भनिएको छ ।