सोवितालाई बधाई दिँदै रेनुले भनिन् : मतमा हारें, जनताको मन जितेको छु

सोवितालाई बधाई दिँदै रेनुले भनिन् : मतमा हारें, जनताको मन जितेको छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिनिधि सभा सदस्य पदको निर्वाचन अन्तर्गत चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले मतमा हार भएपनि कामबाट जनताको मन जित्न सफल भएको बताएकी छन् ।

शनिवार सामाजिक संजालमार्फत विजयी उम्मेदवार रास्वपाकी सोबिता गौतमलाई बधाई दिंदै उनले मतमा हार भएपनि काम र योगदानबाट जनताको मन जित्न सफल भएको उल्लेख गरेकी हुन् ।

उनले आफ्नो ३० वर्षे राजनीतिक जीवन र भरतपुरमा नौं वर्ष नगर प्रमुखको रूपमा बिताएको समय जनताको सेवा र क्षेत्रको विकासमा समर्पित भएको बताइन् ।

उनले सबै मतदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा चितवनको विकास, समृद्धि र खुशीयालीका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

दाहालले निर्वाचन अभियानमा सक्रिय रहेका पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक, मिडिया कर्मी र कलाकारलाई विशेष धन्यवाद दिइन् ।

एक लाख ३ मत खसेको चितवन ३ मा सोबिता ५९ हजार २ सय ७७ मतका साथ विजयी भएकी छन् ।

रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याउँदा गौतम ३८ हजार ६ सय ६२ मतान्तर सहित निर्वाचित भइन् ।