काठमाण्डु– त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ।
बुधबार न्यायाधीश डालकुमार खड्काको इजलासले चैत ८ गते हुने भनिएको स्ववियु निर्वाचन रोक्न अन्तरिम आदेश दिएको हो ।
अदालतले त्रिभुवन विश्वविद्यालयलाई विपक्षी बनाई विष्णुबहादुर बडैलाले दायर गरेको रिटको पक्षमा आदेश दिएको हो ।
चैत ५ गते हुने भनिएको निर्वाचनमा विद्यार्थी संगठनहरूकोबीच सहमति नहुँदा त्रिवि प्रशासन र निर्वाचन समितिले चैत ८ गतेका लागि नयाँ मिति तय गरेका थिए।




प्रतिक्रिया