ओस्कार अवार्ड : अभिनेता विल स्मिथले स्टेजमै होस्टलाई थप्पड हाने (भिडिओ)


एजेन्सी – ओस्कार अवार्ड समारोहमा अभिनेता विल स्मिथले होस्टलाई स्टेजमै थप्पड हानेका छन् । लस एन्जेलसमा भएको ओस्कार अवार्ड समारोहमा सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका विल स्मिथले स्टेजमा गएर समारोहका उद्घोषक क्रिस रकलाई दरिलो थप्पड हानेका हुन् ।

होस्ट रकले स्मिथकी पत्नी जाडा पिन्केट स्मिथको कपाल झर्ने समस्यालाई लिएर जोक बनाएका थिए । सो जोकपश्चात उत्तेजनामा आएका स्मिथ सरासर मञ्चमा गएर होस्टको गालामा बजाएका हुन् । स्मिथको थप्पड खाएपश्चात उनले कुनै प्रतिवाद गरेनन् । हाँसेर टारे । यो कार्यक्रम लाइभ टेलिकास्ट भइरहेको थियो ।

स्मिथले ‘किङ रिचार्ड’ बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड पाउनुअघि यो घटना भएको थियो । स्मिथले करिअरमा पहिलोपटक ओस्कार अवार्ड जितेका हुन् । अवार्ड लिएपश्चातको सम्बोधनमा स्मिथले कुनै सन्दर्भ उल्लेख नगरी क्षमायाचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement