काठमाण्डु– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालभित्र सञ्चालनमा रहेका तर अझै सूचीकरणमा नआएका सामाजिक सञ्जाल प्लेटफर्महरू तत्काल निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।
मन्त्रालयले बिहीबार जारी गरेको सूचना अनुसार सूचीकरण प्रक्रिया पूरा गर्ने बित्तिकै ती प्लेटफर्महरूलाई पुनः सक्रिय गरिनेछ।
सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित बनाउन सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले यसअघि नै आदेश जारी गरेको उल्लेख गर्दै मन्त्रालयले अनलाइन वा सामाजिक सञ्जाल सञ्चालक (चाहे स्वदेशी हुन् वा विदेशी)ले अनिवार्य रूपमा सम्बन्धित निकायबाट सूचीकरण गराउनुपर्ने बताएको छ।
साथै, अनिच्छित सामग्रीको मूल्याङ्कन र अनुगमन गर्ने जिम्मेवारी पनि त्यही प्रक्रिया अन्तर्गत रहने मन्त्रालयले स्पष्ट पारेको छ।





प्रतिक्रिया