काठमाण्डु – नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र प्रयोगमा रहेका तर सूचीकृत नभएका विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निष्क्रिय गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ साउन ६ गतेको निर्णय र सोही अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा साउन १९ गते बसेको बैठकले गरेको निर्णयका आधारमा प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको हो ।
अब नेपालमा फेसबूक, फेसबूक म्यासेन्जर, इन्स्टाग्राम, यूट्युब, वाट्सएप, ट्वीटर (एक्स), लिङ्कडइन, स्न्यापच्याट, रेडिट, डिस्कोर्ड, पिनटेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा, टम्बलर, क्लबहाउस, मास्टोडन, रमबल, मी–वी, भीके, लाइन, आईएमओ, जालो, सोल र हाम्रापात्रो चल्ने छैनन् ।
सरकारको निर्णयसँगै अब यी प्लेटफर्ममार्फत सञ्चालित सामाजिक सञ्जाल गतिविधि नेपाली प्रयोगकर्ताले उपयोग गर्न नसक्ने प्राधिकरणले जनाएको छ । सरकारले सूचीकृत हुन ७ दिनको समय दिए पनि नआएपछि बन्द गर्न लागिएको हो ।





प्रतिक्रिया