पर्वतमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्पन्न


पर्वत – महाशिला गाँउपालिका(५ मा समुदाय(प्रहरी साझेदारी कार्यक्रम सम्पनन भएको छ ।  समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्ति सुरक्षाको अवस्था एवम् समसामयिक विषयमा सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।

महाशिला गाँउपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय पर्वत र ईलाका प्रहरी कार्यालय लुंखुदेउराली पर्वतको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले एकिकृत रणनीतिक सुरक्षा योजना तयार गरी सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय पर्बत तत्पर रहेको बताए ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले समाजमा उत्पन्न हुने अधिकांश अपराध मदिरा सेवनबाट भइरहेकोले त्यस्ता व्यक्तिहरुले आफ्नो आचरण सुधार गर्नुपर्नेमा जोड दिनुभयो । साथै उपस्थित व्यक्तिहरुबाट उठान भएका जिज्ञासाको समेत उहाँले निरुपण गर्नुभएको थियो । कार्यक्रममा महाशिला गाउँपालिका-५ का वडाअध्यक्ष लगायत स्थानीय निकायका प्रतिनिधिहरु, विद्यालयका शिक्षक, विद्यार्थी, एवं समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement