सोलु हाईड्रोपावरको आइपिओ खुल्यो, कति कित्ता ?

सोलु हाईड्रोपावरको आइपिओ खुल्यो, कति कित्ता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोलु हाईड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भीक सार्वजनिक निष्काशन (आइपिओ) जारी गरेको छ ।

कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारण लगानीकर्ताका लागि कुल ८२ लाख कित्ता साधारण शेयर जारी गरेको हो ।

कुल शेयर मध्ये ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत तथा ‘मेरो शेयर’ प्रणालीबाट पनि दिन सकिने व्यवस्था गरिएको छ ।

छिटोमा माघ ४ गते र पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ १४ गतेसम्म यो आइपिओ खुला रहनेछ । आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले पाएको छ ।

यसअघि कम्पनीले गत कात्तिक २४ गते नेपाल धितोपत्र बोर्डबाट प्रति शेयर १०० रुपैयाँ अंकित दरमा २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएको थियो ।

सोही स्वीकृतिअनुसार पहिलो चरणमा गत मंसिर ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि कुल ४ करोड १० लाख कित्ता शेयर निष्कासन गरिसकेको छ ।