काठमाण्डु – सोलुखुम्बुको सोलुखोला दूधकोशी हाइड्रोपावरमा पानी परीक्षणको क्रममा दुर्घटना हुँदा दुई जना इन्जिनियरको मृत्यु भएको छ ।
सोलुदूधकुण्ड नगरपालिका–११ र थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी हाइड्रोपावरमा पानी परीक्षण गर्ने क्रममा पाइप पड्किएर इन्जिनियर अछामका सुवासराज रेग्मी र काभ्रेका अर्जुन थापाको मृत्यु भएको हो ।
उक्त घटनामा गम्भीर घाइते भएका मोहम्मद राइनलाई भने हेलिकोप्टरमार्फत् काठमाण्डु ल्याइएको छ । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
पाइप विस्फोट हुँदा बेहोस भएका रेग्मी र थापालाई ओखलढुंगास्थित मिसन अस्पताल ल्याइए पनि उनीहरुलाई बचाउन नसकिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए ।




प्रतिक्रिया