बद्री पंगेनी अध्यक्ष रहेको प्रतिष्ठानले भन्यो–‘लुट कान्छा लुट’ सुन्न पाउने श्रोताको अधिकार

बद्री पंगेनी अध्यक्ष रहेको प्रतिष्ठानले भन्यो–‘लुट कान्छा लुट’ सुन्न पाउने श्रोताको अधिकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक पशुपति शर्माको ‘लुट कान्छा लुट’ गीत युट्युबबाट हटाउन जरुरी नरहेको ठहर गरेको छ।

प्रतिष्ठानको अध्यक्ष बद्री पंगेनी हुन् जसले गत वर्ष चुनावताका ‘सइँ पनि एमाले, मैपनि एमालेु गीत गाएका थिए। शर्मा पनि सोही प्रतिष्ठानका उपाध्यक्ष हुन्।

सत्तारुढ दलका कतिपय नेताको दबाबका कारण गायक शर्माले सो गीत  युट्युबबाट हटाएको ठानिएका बेला प्रतिष्ठानको औपचारिक धारणा आएको हो।

गीतमा प्रयोग भएका र विवादित भनिएका शब्दहरु सार्वजनिक सञ्चार माध्याममा बारम्बार आइरहेकै भएको ठहर गर्दै प्रतिष्ठानले युट्युबमा फेरि राख्न आग्रह गरेको हो।

त्यस्ता शब्द र आशय समाचार र लेखहरुमा आउन हुने र गीत संगीतमा आउन नहुने भन्ने मापदण्ड मान्य हुन नसक्ने बताउँदै जस्ताको तस्तै पुनस् अपलोड गर्न अनुरोध गरिएको छ। भनिएको छ, ‘सार्वजानीक चासोको विषयलाई नै लोकले गीतको रुपमा स्वीकार गरिने हो ।