‘यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतको भिडियो सार्वजनिक


काठमाडौं–प्रणय दिवसको अवसर पारेर ‘यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा शैलेन्द्र शरदको शब्द र गैरे सुरेशको संगीत रहेको छ । सानिध्य खनाल र स्मीता दाहालद्वारा स्वरबद्ध यो गीत ‘शरद २’ एल्बममा समावेश छ।

युवराज वाइबाले निर्देशन गरेको भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठ फिचर्ड छन्। आक्स इन्टरटेन्मेन्टले बजारमा ल्याएको ‘शरद २’ एल्बममा यस गीत सहित ७ वटा गीत समावेश रहेको संगीतकार गैरे सुरेशले जानकारी दिए। डेढ दशक भन्दा बढी समयदेखि सांगितिक क्षेत्रमा सक्रिय गीतकार शैलेन्द्र शरद हाल सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरिक्षक समेत छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement