काठमाण्डु – कतारबाट अवैध रूपमा भन्सार छली गरी ल्याएको सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तीनजना पक्राउ परेका छन् ।
काठमाडौंको सिनामंगलबाट बिहीबार पक्राउ पर्नेहरूमा बाँकेको खजुरा गाउँपालिका–८ का मोहमद दिलसाद खाँ, नवलपरासीका सन्तोष परियार र तनहुँका अन्जिल गुरुङ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
कतारबाट हिमालय एयरलाइन्सको उडानमार्फत वैदेशिक रोजगारीबाट फर्किदै गरेका मोहमद दिलसादले ६९.८९० ग्राम तौलको अवैध सुन र ११.६५० ग्राम तौलको बेरुवा औँठी एक थान ल्याएका थिए ।
सोही सुन लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका परियार र गुरुङलाईसमेत प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।




प्रतिक्रिया