स्वर्णिमले पाए रास्वपामा जिम्मेवारी, अर्थ नीति विभागको प्रमुख चयन


काठमाण्डु- वैशाख १० को उपनिर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका डा स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिम्मेवारी दिएको छ ।

रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकले वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिएको हो । रास्वपाले आजको बैठकबाट विभिन्न ३६ वटा विभाग गठन गर्दा स्वर्णिमले पनि जिम्मेवारी पाएका हुन् ।

स्वर्णिम चुनावअघि कांग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement