रवि लामिछानेको स्टाटस शेयर गरेकोमा स्वर्णिम वाग्लेलाई सोधियो स्पष्टीकरण

रवि लामिछानेको स्टाटस शेयर गरेकोमा स्वर्णिम वाग्लेलाई सोधियो स्पष्टीकरण

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार रवि लामिछानेको फेसबुक स्टाटस शेयर गरेको भन्दै निर्वाचन आयोगले तनहुँ- १ का उम्मेदवार स्वर्णिम वाग्लेलाई स्पष्टीकरण सोधेको छ।

जिल्ला आचारसंहिता अनुगमन समितिले स्टाटस शेयर गरी मतदाता प्रभावित पार्ने हतकण्डा अपनाएको भन्ने उजुरी प्राप्त भएको भन्दै उम्मेदवार वाग्लेलाई स्पष्टीकरण सोधेको हो। भनिएको छ, ‘जिल्ला आचारसंहिता अनुगमन समितिले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लले मिति २०८० वैशाख ७ गते राती १२ बजेपछि प्रचार प्रसार निषेधको अवधि सुरु भइसकेपछि आज मिति २०८० वैशाख १० गते निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) र (घ) प्रतिकूल हुने गरी सामाजिक सञ्जालमामार्फत रवि लामिछानेको स्टाटस शेयर गरी मतदाता प्रभावित पार्ने हतकण्डा अपनाएको भन्ने उजुरी प्राप्त भएकाले उम्मेदवार वाग्लेलाई स्पष्टीकरण सोधेको छ।’

स्पष्टीकरणमा प्रश्न गरिएको छ, ‘निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी मतदाता प्रभावित पार्ने कार्य गर्नु भएको हो होइन ?’ यसको जवाफ मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ, दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भइ २४ घण्टाभित्र पेस गर्न भनिएको छ।